गैरी खेतको सिरै हान्यो – ओरिजिनल भर्सेस रक

Asha Bhosle - the singer of Gairi khetko sirai hanyo

Asha Bhosle - the singer of Gairi khetko sirai hanyo

१९९५ मा चलचित्र प्रेम पिण्डको लागि आशा भोस्ले द्वारा  गाइएको यो गीत (गैरी खेतको सिरै हान्यो ) अझै पनि नेपाली संगीत प्रेमीको मानसपटलमा ताजै छ । यादव खरेल द्वारा लिखित अत्यन्त मार्मिक सब्द, सम्बुजित बास्कोटाको ओजस्वी संगीत अनि आशा भोस्लेको दमदार स्वोर नै यो गीत को मुख्य आकर्षण हो  । त्यसैले होला आजको समयमा पनि यो गीत त्यतिकै ताजा अनि चर्चित छ ।  चलचित्र प्रेम पिण्डको लागि तयार पारिएको यो गीत मा सुन्नी  रौनियार आकर्सक नृत्य रहेको छ ।

[media url=”http://www.youtube.com/watch?v=RYYEdU8X-ss” width=”600″ height=”400″]
Gairi Khet ko Sirai hanyo – Asha Bhosle -Prem Pinda – Nepali Movie Full Original Song

बर्षौंपछी समृत ल्वागुन ले सोहि गीतलाई गितार धुनमा प्रस्तुत गर्ने प्रयास गरेका छन् । अहिलेको युवा पुस्तमाझ चर्चित रहेको रक बिधामा यो गीतलाई ढालिएको छ । राम्रो गीत-संगीत लाई जुनसुकै  बिधामा रुपान्तरित गरेपनि राम्रै सुनिन्छ भन्ने भनाइलाई यो गितार धुनले सहि साबित गरेको छ । जब तपाई यो धुन सुन्नु हुन्छ तपाइहरुले यो धुनमा पनि  त्यही मिधास पाउनुहुन्छ । यो धुनले पनि चर्चा पाओस, समृत ल्वागुन को मेहेनत को सहि कदर होस् संगीतसंसर कामना गर्दछ । यहाँहरुको सल्ला सुझाव अनि प्रतिक्रिया को अपेक्षा गर्दछौं ।

प्रस्तुत छ गैरी खेतको सिरै हान्यो रक बिधामा – Gairi Khet Ko Rock Version – Gairi Rocks by Samrit Lwagun !

[media url=”http://www.youtube.com/watch?v=A6uGSSY1_es” width=”600″ height=”400″]

तपाइलाई यो गैरीखेतको सिरै हान्योको ओरिजिनल र रक भर्जनमा कुन चाहिँ मन पर्यो, कृपया कमेन्ट गर्दिनु होला ।

One Response

  1. Suprina Shrestha
    February 22, 2012

Leave a Reply