मधुरो शास्त्रीय स्वर

स्थानः    राजधानीका विभिन्न मन्दिर र डबली
समयः    ढल्किँदो साँझ
अवसरः    औँसी, पूणिर्मा, शिवरात्रि आदि
मन्दिर वा डबलीका पटांगिनी, स्थानीय भजन मण्डली र सांस्कृतिक क्लब वा एकल पहल, कुसन ओछ्याएर भुइँमै पलेटी मारेर बसिरहेका गायक र वाद्यवादक । थोरै तर संगीतका पारखी श्रोताहरू । शास्त्रीय संगीतको धुन जब सुरु हुन्छ, तब आँखा चिम्लिएर, आफँैलाई बिर्सिएर संगीतको तालमा डुबिरहेका श्रोताहरू । धुन नसकिएसम्म तिनीहरूको अनुहारमा देखिने गम्भीरता र त्यसबाट बटुल्ने आनन्दको बेग्लै शैली ।

यो दृश्यले पश्चिमा संगीतको दबदबा खेपिरहेको नेपाली शास्त्रीय संगीतको कमजोर अवस्थालाई पनि दर्शाउँछ । वर्षौंसम्म राजदरबारभित्र सीमित नेपाली शास्त्रीय संगीत आमजनताको पहुँचसम्म पुगेको दुई दशक पनि बितेको छैन । तर, यी दुई दशकसम्म पनि शास्त्रीय संगीत मन्दिर र डबलीका पटांगिनीबाट माथि उठ्न सकेको छैन । निःशुल्क गाउनेहरू गाइरहेछन्, बजाउनेहरू बजाइरहेछन् र सुन्नेहरू सुनिरहेछन् । व्यावसायिकताको अभावका बीच पनि परम्परा धान्ने र मनोरञ्जन लिने नाममा सुरु गरएिका यस्ता प्रयासहरू अर्थ अभावका कारण वा श्रोताको कमीले बन्द हुने वा अनियमित हुने प्रचलन सामान्यजस्तै भइसकेको छ । भलै यस्ता प्रयासहरूले शास्त्रीय संगीतलाई सम्वर्द्धन गरेको किन नहोस् ।


राजधानीका अधिकांश होटलहरूमा साँझदेखि नै कि त यौनजनिक शब्द मिसाइएका लोकगीत र दोहोरीहरूको बोलवाला रहेको छ कि त हिपहप र पप दुनियाँको चमकधमक । पश्चिमा संस् कृतिको बढ्दो मार खेपिरहेको नेपाली समाजमा  शास्त्रीय संगीत अछुतो रहन सकेको छैन । जसबाट परम्परागत पूर्वीय मान्यताको जगमा उभिएको शास्त्रीय संगीत सीमित व्यक्ति, दुई-चार संस्था र व्यक्तिहरूको प्रयत्नमा मात्रै टिकिरहेको छ । कलानिधि इन्दिरा संगीत महाविद्यालयकी अध्यक्ष इन्दिरा श्रेष्ठ भन्छिन्, “सरकारी उपेक्षा र पश्चिमा संगीतको अतिक्रमणले शास्त्रीय संगीत उपेक्षामा परेको छ । सबै संगीतको उद्गम स्रोत नै शास्त्रीय संगीत हो । तर, यही संगीत उपेक्षाको सिकार मात्रै बनेको छैन, पश्चिमा संगीतको जगजगीबाट छायाँमा पनि परेको छ ।”
राजधानीमा रहेका निजी र केही संस्थागत प्रयासमा कतै मन्दिर त कतै डबलीहरूमा हुने शास् त्रीय संगीतमय साँझहरूले शास्त्रीय संगीतलाई बचाइराख्न र आमपहँुचमा पुर्‍याउन प्रयत्नरत छन्  -हेर्नूस्, बक्स) । विडम्बना के छ भने, निश्चित शुल्क तिरेर गरनिे कन्सर्ट र ज्याजको स्वाद चाख्न होम्मिने तन्नेरी र अधवैँशे पुस्ता निःशुल्क आयोजना गरनिे यस्ता शास्त्रीय साँझहरूमा भने विरलै पुग्ने गरेका छन् । कपन संगीत सरोवरमा सचिव केशव पाठक भन्छन्, “प्रचार-प्रसारको अभावमा यस्तो समस्या खेप्नुपरेको छ ।” पाठकको बुझाइमा शास्त्रीय संगीत जटिल संगीत हो । जसको स्वाद लिनका निम्ति धैर्य चाहिन्छ । हरेक महिनाको अन्तिम शनिबारको साँझलाई कपन संगीत सरोवरले शास्त्रीय संगीतको साँझ बनाउने प्रयत्न थालेको छ । चार वर्षपहिले कपनका तन्नेरीहरू मिलेर सुरु गरेको यस प्रयासले गति त लिएको छ तर आफ्नो गतिबाट सोचेजति सन्तुष्ट छैनन् थापा । सुरुका दिनमा २०/३० जना श्रोता पनि भेला पार्न कठिन हुने अवस्थाबाट संस् थाले उन्मुक्ति त पाएको छ तर अझै भनेजस्तो प्रगति भने गर्न सकेको छैन ।
यलमाया कला केन्द्रले बाहेक राजधानीमा आयोजना गरनिे सबैजसो शास्त्रीय संगीत साँझहरूमा निःशुल्क शास्त्रीय संगीतको मज्जा चाख्न सकिन्छ । तर, यस्तो मज्ज्ाा चाख्नेहरूको जमात बढ्न सकेको छैन । बाँसुरीबाधक जीवन आलेको अनुभवमा शास् त्रीय संगीतको जटिल संरचना र धैर्य नभएका श्रोताका कारण यस्तो अवस्था आएको हो । २० वर्षदेखि शास्त्रीय संगीतको बाटोमा लागेका आले भन्छन्, “पाश्चात्य संगीतको बाढीले शास्त्रीय संगीत ओझेलमा परेको छ ।”
राजधानीमा संस्थागत ढंगबाट निःशुल्क शास् त्रीय संगीत साँझको आयोजना गर्ने किराँतेश्वर संगीत आश्रम तत्कालीन दरबार दक्षिण ढोकापट्टकिो सम्भवतः सबैभन्दा पुरानो हो । राजा महेन्द्रको पालामा ०१६ सालदेखि दरबार हाता परसिरमै रहेको नारायणस्थान भजन गृहमा हरेक एकादशी, शिवरात्रि र रामनवमीमा शास् त्रीय संगीतको कार्यक्रम आयोजना हुने गथ्र्याे । जुन अद्यावधिक कायम छ । तर, भजन गृह सञ्चालनको चाँजोपाजो भने दरबारले नै मिलाएको थियो । यलमाया कला केन्द्रले चार वर्ष पहिलेदेखि हरेक महिनाको २ गते शास् त्रीय संगीत साँझको आयोजना गर्दै आएको छ । राजधानीमा निःशुल्क शास्त्रीय संगीत सुन्ने परम्परा तोड्दै यलमायाले सःशुल्क कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका संयोजक रहेका जीवन आले भन्छन्, “निःशुल्क गर्दा संगीतको उपेक्षा होला भनेर शुल्क लिन थालेका हौँ ।”
किराँतेश्वर संगीत आश्रमले शास्त्रीय संगीतको साँझ सुरु गर्दा धेरैले अनर्गल प्रयासका रूपमा व्याख्या गरेका थिए । आधुनिक संगीतसमेत टिक्न धौ धौ रहेका बेला शास्त्रीय संगीत सुन्न को आउला भनेर प्रश्न गर्नेहरूको कमी थिएन । कार्यक्रम संयोजक सरतिा मिश्र भन्छिन्, “सुरुका दिनमा श्रोता जम्मा पार्न निःशुल्क हलुवा र चिया बाँड्ने गरन्िथ्यो । ” पशुपतिनाथ मन्दिर परसिरमा रहेको किराँतेश्वर मन्दिर ०४७ वर्षअघिसम्म गाँजा खाने र तन्नेरीहरू विचरण गर्ने ठाउँका रूपमा मात्रै सीमित थियो । तर, अहिले यसको परचिय फेरएिको छ । १०/१५ जना श्रोताबाट अहिले चार/पाँच सयभन्दा बढी श्रोताहरूको जमात बढेको छ । तर पनि संयोजक मिश्र भन्छिन्, “हुनुपर्नेजति भएको छैन ।” उनको बुझाइमा शास्त्रीय संगीतबाट आनन्द लिन सकिन्छ भन्ने ज्ञानको अझै अभाव छ । मिश्रका अनुसार, निःशुल्क शास्त्रीय संगीतको कार्यक्रममा हुने पातलो उपस्थितिले नेपाली शास्त्रीय संगीतको कमजोर अवस्थालाई देखाउँछ ।
दरबारको पर्खालबाट बाहिरएि पनि शास्त्रीय संगीत अन्य संगीतको तुलनामा सर्वसाधारणको कानसम्म पुग्न सकेको छैन । बग्रेल्ती खुलेका एफएम रेडियो मात्रै होइन, नेपाली चलचित्रका रोजाइमा समेत शास्त्रीय संगीत नपर्नुले यसको व्यापकतामा अवरोध पुगेको छ । संगीत अध्यापन गर्ने मिश्र भन्छिन्, “चारैतिरबाट उपेक्षाको सिकार भएको छ शास् त्रीय संगीत । ” सत्यनारायण चौधरी प्रतिष्ठानका सदस्य प्रेम खड्का पछिल्ला वर्षहरूमा शास्त्रीय संगीतको यात्रा झनै ओरालोलाग्दो अवस् थामा रहेको टिप्पणी गर्छन् । भन्छन्, “निःशुल्क कार्यक्रम त चल्दैन भने शुल्कसहितको कार्यक्रमा कसरी चल्नू  ?” ४० वर्षभन्दा बढी समय शास् त्रीय संगीतमा खर्चिएकी ललितकला क्याम्पसकी संगीत विषय अध्यापन गरिरहेकी ज्ञानुराधा गोर्खाली भन्छिन्, “शास्त्रीय संगीत व्यावसायिक हुनुभन्दा केही व्यक्तिहरूको आत्मसन्तुष्टिको विषय मात्रै बनेको छ ।”
आर्थिक अभाव
राजधानीमा हरेक महिना हुने अधिकांश शास् त्रीय संगीतका साँझहरू सीमित संस्था र केही व्यक्तिहरूको पहल र उत्प्रेरणाको भरमा मात्रै चलेका छन् । आर्थिक अभावका कारण यस्ता कार्यक्रमहरूले निरन्तरता पाउन नसकेका बग्रेल्ती उदाहरणहरू छन् ।
प्ााटन कृष्ण मन्दिरमा तीन वर्ष पहिलेदेखि हरेक महिनाको १ गते आयोजना हुने शास्त्रीय भक्ति संगीत साँझ चार महिनायता सञ्चालन हुन सकेको छैन । नवज्योति क्लासिक नेपालले आयोजना गर्दै आएको कार्यक्रम बन्द हुनुका पछाडि कमजोर आर्थिक अवस्थाले पनि काम गरेको छ । संस्थाका अध्यक्ष कृष्णचरण मिश्र भन्छन्, “शास्त्रीय संगीतको विकासमा कसैको ध्यान छैन ।” तीन वर्ष पहिलेेदेखि हरेक महिनाको १ गते शास्त्रीय संगीतको कार्यक्रम गर्दै आएको गुरुकुलले पनि पछिल्ला पाँच महिनायता त्यसलाई निरन्तरता दिन सकेको छैन । गुरुकुलका निर्देशक सुनील पोख्रेलका अनुसार त्यसका पछाडि आर्थिक समस्या पनि प्रमुख रहेको छ । पोख्रेल भन्छन्, “शास्त्रीय संगीतको व्यावसायिकताको अभावले गर्दा बन्द गर्नुपर्‍यो ।” नारायणहिटी दरबारपरसिरमा रहेको नारायणस्थान भजन गृहमा हरेक एकादशीमा हुने शास्त्रीय साँझ राजा ज्ञानेन्द्रको बहिर्गमनपछि झन्डै एक वर्षसम्म चल्न सकेन । आर्थिक अभावका कारण बन्द भएको शास्त्रीय संगीतको यात्रा १० महिनायता एक दाताको सहयोगमा फेर िसञ्चालनमा आएको छ । गृहका सदस्यसमेत रहेका मोहनसुन्दर श्रेष्ठ भन्छन्, “फेर िकहिलेदेखि अचानक बन्द हुने हो, थाहा छैन ।”
ललितकला क्याम्पसमा संगीत विषयका प्राध्यापक एवं वरष्िठ तबलावादक प्रेमचन्द्र ओझायाका अनुसार, सरकारी उपेक्षा, व्यावसायिकताको कमी र अर्थ अभावले शास्त्रीय संगीत थला पर्दै गएको छ । हरेक वर्ष अन्तर्राष्ट्रिय संगीत दिवसका अवसरमा सरकारले आयोजना गर्दै आएको शास्त्रीय संगीतको महोत्सव पनि पछिल्ला पाँच वर्षयता सञ्चालनमा आउन सकेको छैन । प्राध्यापक सरतिा मिश्र भन्छिन्, “आधुनिक गीत, पप र रक कन्सर्टमा प्रायोजन गर्न हौसिने राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरू शास्त्रीय संगीतको कार्यक्रम भन्नेबित्तिकै तर्सिन्छन् । अनि, कसरी हुन्छ, यसको व्यावसायीकरण ?
Source: http://ekantipur.com

Leave a Reply